नेपाली नर्सको कमाई २-३ लाख , नेपाली नर्सको रोजाइमा साउदी

साउदी : साउदी अरेबियामा नेपाली नर्सको माग र संख्या बढ्दै गइरहेको छ। आकर्षक सेवा, सुविधा र पारिश्रमिकका कारण नेपाली नर्सहरूको रोजाइमा साउदी पर्न थालेको हो।

नेपाली दूतावासका अनुसार साउदीमा ३ सय ५२ नेपाली नर्सको मागपत्र प्रमाणीकरण गरिएको छ। नर्सको लागि मासिक तलब ३ हजार रियाल र ५ सय खाना खर्च उपलब्ध गराउनुपर्ने नियम छ। त्यसअनुसार नर्सले मासिक १ लाख २० हजार बढी नेपाली रुपैयाँ कमाई गर्छन्। नेपाली नर्सहरू साउदीको सुलेमान हबिब हस्पिटल, मोउवास्त हस्पिटल, जर्मन हस्पिटल, ओजान किल्निङ, दर अल सिहा, राफा मेडिकल, अल रायन प्लेटेनिकलगायतका अस्पतालमा काम गरिरहेका छन्।

Dengue

राजदूत नवराज सुवेदीका अनुसार नेपालबाट विशेषज्ञ नर्स र टेक्निसीयन नर्स गरी दुई किसिमका नर्स साउदी आइरहेका छन्। दुवै किसिमका नर्सको माग बढ्दो रहेको राजदूत सुवेदीले जानकारी दिए। साउदीका धेरैजसो स्वास्थ संस्थाले नर्सहरूलाई सेवा, सुबिधा दिए पनि बिदाको हकमा भने केही स्वास्थ संस्थामा समस्या हुने गरेको छ। वार्षिक बिदा, काम लगाउने कम्पनी र काम गर्ने व्यक्तिबीचको सम्झौता भने स्पष्ट गरेर मात्रै साउदीमा आउन राजदूत सुवेदीले सुझाव दिए। बिगतमा युरोप, अमेरिका, अस्ट्रेलिया, जापानलगायतका देशहरू नेपाली नर्सको रोजाइमा पर्ने गर्थे। तर, साउदीको सुलेमान हस्पिटल, जर्मन हस्पिटल तथा ओजोन मेडिकल ग्रुपमा कार्यरत मुस्कान शर्मा, रमिला तामाङ, शान्ति परियारहरू साउदीको काम र दाम दुवैबाट सन्तुष्ट भएको बताउँछन्।

यहाँ आउनुअघि सम्बन्धित हस्पिटलको डिपार्ट अनुसारकोे टे«निङ र प्रर्याप्त जानकारी दिइने भएकाले काम गर्न सजिलो हुने गरेको उनीहरू बताउँछन्। नेपाली नर्सहरू २ वर्षको कन्ट्रयाक्टमा आउने भएकाले लागत शुल्कसमेत लाग्दैन। साउदी अरेबिया नर्सका लागि तलब सुविधादेखि सुरक्षाका दृष्टिकोणले धेरै राम्रो रहेको उनीहरू बताउँछन्। ‘नर्सका लागि यो देश उत्कृष्ट गन्तव्य हो,’ एक जना नर्सले भनिन, ‘ओभरटाइम मासिक डेढ लाखदेखि २ लाख रुपैयाँ सजिलै कमाई हुन्छ।’त्यसका लागि नेपाल सरकार, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभागबाट भने स्वीकृति लिनुपर्छ। साउदीमा प्रवीणता तह नर्सिङ गरेका नर्सले पनि कम्तीमा १ लाख २० हजार रुपैयाँ न्यूनतम पारिश्रमिक पाउँछन्। ओभरटाइम गर्दा थप कमाई हुने, वर्षमा ३० दिन सञ्चित बिदा पाउने र बिदा नलिएमा त्यसबापत पारिश्रमिक पाउने गरेको छ।

साउदीमा काम गर्ने नर्स बाहिरी देशका धेरै छन्। यहाँ नर्सको उत्पादन थोरै हुन्छ। अर्कोतिर साउदीकै नर्सका लागि हस्पिटलले सेवा सुविधा पनि धेरै दिनुपर्छ। जानकारहरूका अनुसार साउदीका नर्सका लागि मासिक २०–२५ हजार रियालसम्म तलब दिनुपर्छ। साउदीमा नर्सिङ अध्ययन गर्न धेरै नै महँगो भएकाले थोरैले मात्र यो विषय पढ्ने गर्छन्। त्यसैकारण साउदी सरकारले बाहिरबाट नर्सिङ जनशक्ति भित्र्याउने नीति लिएको जानकारहरू बताउँछन्।

नेपालबाट काम गर्न आउने नर्सका लागि आधारभूत तलब एक लाख २० हजार रुपैयाँ हुन जान्छ। ओभरटाइमसमेत गर्न पाइयो भने १ लाख ५०र६० हजार सम्म कमाइ हुन्छ। तलबमा कुनै किसिमको कर लाग्दैन। स्वास्थ्य बीमा पनि कम्पनीअनुसार राम्रो ‘ग्रेड’पनी पाइन्छ। जसले गर्दा बचत अवस्था धेरै राम्रो हुन्छ। नर्स कामका लागि साउदीमा पनि छुट्टै लाइसेन्स परीक्षा पास गर्नुपर्छ र नेपालको नर्सले काम गर्न त पाउँछन् तर अस्थायी रूपमा मात्रै। नियमअनुसार एमओएच परीक्षा पास गरेपछि भने खुला रूपमा काम गर्न पाउने नियम छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार