कैलालीको वनकट्टामा डिजिटल शान्ति सङ्ग्रहालय स्थापना

कैलाली- कैलालीको कैलारी गाउँपालिका- ६ वनकट्टामा डिजिटल शान्ति सङ्ग्रहालय स्थापना गरिएको छ । जर्मन सरकारको केयू आरभीई कूर्भे उइस्ठ्रोको सहयोगमा मानव अधिकारको लागि एकल महिला समूह द्वारा सञ्चालित सामाजिक सद्भावका लागि नागरिक सहभागिता परियोजना अन्तरगत सङ्ग्रहालय स्थापना गरिएको हो ।

भवनसहित ९ लाखको लागतमा सङ्ग्रहालय सञ्चालनमा आएको जनाइएको छ । परियोजनाका सुदूरपश्चिम प्रदेश अधिकृत वेद अवस्थीका अनुसार सशस्त्र द्वन्द्व कालमा मारिएको आफन्तजनहरूको स्मरणमा शान्ति सङ्ग्रहालय स्थापना गरिएको हो ।

Dengue

पालिका स्तरीय सो सङ्ग्रहालयमा कैलारी गाउँपालिकाका ७८ जनासहित कैलालीका ५५२ जना पीडितहरूको तथ्याङ्क राखिएको छ । शुक्रबार एक कार्यक्रमका बिच सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले सङ्ग्रहालय उद्घाटन गरेका थिए । कार्यक्रममा प्रदेश सांसद खिमा देवी विष्टसहित कैलाली गाउँपालिका अध्यक्ष राजसमझ चौधरी, वडाध्यक्ष प्रेमबहादुर चौधरीलगायतको सहभागिता रहेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार