छविलालको ‘छवि’ माथी नै शंका, घरमा प्रहरीको छापा

कैलाली-नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ।

बुधबार बेलुका काठमाडौंको शंखमूलस्थित घरमा प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको हो।जीबी राई जोडिएका सहकारीसम्बन्धी कागजात तथा प्रमाण रहेको आशंकामा प्रहरीले छापा मारेको प्रहरीका उच्च अधिकारीले बताए।

SHIKHAR COOL TECH

प्रहरीले जोशीको घरबाट चारवटा सफ्टवेयर बरामद गरेको छ।पूर्वडीआईजी जोशी जीबी राईका व्यावसायिक साझेदार हुन्।जोशीको घरमा नेचर हब इन्टरनेसनल प्रालिको कार्यालय थियो। उक्त कार्यालयबाट प्रहरीले सर्भर लगायतका प्रमाण बरामद गरेको हो।

बरामद भएका सर्भर पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित भएको प्रहरीको आश‌ंका छ। जिल्ला प्रहरी कार्यालय, कास्कीले सूर्यदर्शन सहकारी ठगीको कसुरमा अनुसन्धान गरिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार