जनताका लोकप्रिय बन्दै तेस्रो कार्यकालका लागि आक्रामक मोदी

धनगढी- भारतमा लोकसभा निर्वाचनको तयारी आफ्नै ढङ्गले भएको छ। यसै क्रममा सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी)ले एउटा गीत सार्वजनिक गरिसकेको छ। ‘सपने नहीँ हकिकत बुनते है। तबी तो सब मोदीको चुनते है’ बिजेपीले जनवरीको अन्त्यमा यो गीतको शुभारम्भसँगै चुनावी अभियानलाई तीव्र बनाएको छ। गीतको एउटा अर्थ छ, नरेन्द्र मोदी सपना देखाउँदैनन्, पुरा पनि गर्छन्।

https://youtu.be/OZ5C4BwrRys?t=32

Dengue

तीनन मिनेट लामो सो गीतको भिजुएलमा मोदी शासनकालमा भएका केही महत्त्वपूर्ण कोशे ढुङ्गाको रूपमा व्याख्या गरिएको छ। चन्द्रयान भारतको पछिल्लो समयको सबै भन्दा प्रमुख उपलब्धि मानिएको छ। साथमा सीमान्तकृत नागरिकका लागि ल्याइएको यो यानको चर्चा गरिएको छ। जलजीवन मिसनको रूपमा मोदी शासनमा सो कार्यक्रम अघि आएको हो। यसैगरी जी-२० सम्मेलनमा भारतको उपस्थितिका बारे पनि सो गीतको दृश्यमा देखाइएको छ।

आगामी अप्रिल र मे महिनामा भारतमा लोकसभाको निर्वाचन हुँदैछ । सो निर्वाचनमा जित हात पारे पछि मोदी जहवारलाल नेहरुपछि लगातार तीन कार्यकाल शासन गर्ने अभूतपूर्व सफलता पाउने भारतीय नेता हुनेछन्।

मोदीले आफ्नो शासनकालमा युवाहरूलाई देश विकासको काममा सक्रिय भएको जनाएको छ। सो गीतलाई बिजेपीका प्रमुख जेपी नद्दाले सार्वजनिक गरेका हुन्। आगामी अप्रिल र मे महिनामा भारतमा लोकसभाको निर्वाचन हुँदैछ । सो निर्वाचनमा जित हात पारे पछि मोदी जहवारलाल नेहरुपछि लगातार तीन कार्यकाल शासन गर्ने अभूतपूर्व सफलता पाउने भारतीय नेता हुनेछन्। उनको विरुद्धमा २८ दलीय गठबन्धन बनेको छ। सो गठबन्धनको नाम इन्डियन नेशनल डेभ्लम्मेन्ट इन्क्लुसिभ एलायन्स (इन्डिया) रहेको छ। बहुत चलाखीपूर्ण रूपले सो गठबन्धनले आफ्नो नाम राखेको छ। सो गठबन्धनले स्थानीय तहका मुद्दालाई प्राथमिकता दिएको छ।

बिजेपीको गीतले सन् २०१४ मा सत्ता सम्हाले पछि यता गरेका कामको चर्चा गरिएको छ। त्यस समयमा गरेका बाचा र प्रतिज्ञा पुरा गरेको दाबी सो गीतले गरेको छ। सो गीतमा दुई ट्याक छन्। एउटा उदित नारायणले गाएको ‘मोदी आने वाले है’ छ। अर्को प्रशुन जोशीले लेखेको सुखन्दर सिंहले गाएको ‘मे देशको झुक्न नहीँ दुंगा’ छ। देशको सार्वभौमिकताका बारे मोदीले राख्ने गरेको गर्विलो विषय सो गीतको आशय हो।

सन् २०१९ मा मोदी दोस्रो कार्यकाल निर्वाचित हुनु अगाडि ‘फिर एक बार मोदी सरकार’ बोलको गीत तयार गरेको थियो। सो गीत धेरै युवाले कण्ठ पनि पारेका थिए। यो गीतपछि मोदीले युवा तथा पहिलो पटक मतदानमा सहभागीलाई सम्बोधन गर्दै बलियो र भरपर्दो सरकारको कारण देशमा पर्ने प्रभावमा बारे चर्चा गरेका थिए।

उनले राम मन्दिरको निर्माण तथा जम्मु काश्मीर लगायत विषयमा एक दशक अघि पुरा गरेको प्रतिबद्धता आफूले पुरा गरेको बताएका थिए। ‘जब तिमीहरूको नाम मतदान नामावलीमा समावेश हुन्छ, प्रजातान्त्रिक अभियानको महत्त्वपूर्ण विषयमा तिमीहरू सहभागी हुनेछौं। साथै देश प्रतिको जिम्मेवारी स्वतः बढेको हुन्छ,’ मोदीले भनेका छन्।

अप्रिल महिनामा हुने निर्वाचनले पाँच सय ४५ सदस्यीय लोकसभाको चयन गर्नेछ। दुई सय ७२ स्थानमा जित हात पार्दै सरकार चलाउन सबै दलको प्रयास हुनेछ।

अप्रिल महिनामा हुने निर्वाचनले पाँच सय ४५ सदस्यीय लोकसभाको चयन गर्नेछ। दुई सय ७२ स्थानमा जित हात पार्दै सरकार चलाउन सबै दलको प्रयास हुनेछ। अहिले भाजपा पनि एक्लो छैन। उसको नेतृत्वमा नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए) तयार छ। अहिलेको पोलले पनि सोही गठबन्धन जित हात पार्ने देखिएको छ।

लोकसभा निर्वाचनमा समाजवादी पार्टीले १६ स्थानमा उम्मेदवार चयन गरेको छ। यसरी उम्मेदवार हुनेमा मणिपुरमा डिम्पल यादव, लखनाउनका रवि दास मेहता र लाली बर्मा, सम्पालमा सफिकर रहमान बर्क, फरिजावादका अक्षय यादव र बदाउका धर्मेन्द्र यादव समाजवादी पार्टीमा उम्मेदवार छन्। धाउरा, इताह, इकबारपुर, बान्द्रा र फाजीयावाद लगायत स्थानमा समाजवादीका उम्मेदवार छन्।

सन् २०१४ मा दुई सय ८२ सिट जितेको बिजेपीले अर्को संस्करणमा तीन सय तीन सिट जितेको थियो। सो समयमा उत्तरी क्षेत्र र उत्तर पूर्वमा प्रभावकारी रहेको बिजेपी दक्षिणमा भने केरलामा नै अल्झिएको थियो। सोही समयमा काँग्रेस भने ५२ सिटमा सीमित भएको थियो। सोही निर्वाचनमा बिजेपी नेतृत्वको एनडीए गठबन्धनका दलले तीन सय ३२ सिटमा जित हात पारेका थिए। अहिले इन्डियामा आबद्ध दलले एक सय ४४ स्थानमा जित हात पारेका थिए। स्थानीय तहका आयद एमके, जेडी यु र अकाली दलले गठबन्धन त्यागेपछि केही समीकरण भने फेरिन सक्नेछ।

अहिलेको संसदीय समीकरणमा एनडीएको तीन सय १९ तथा इन्डियाको एक सय ३९ सिट भएका कारण समीकरण मोदी नेतृत्वको पक्षमा बलियो देखिन्छ।

अहिलेको संसदीय समीकरणमा एनडीएको तीन सय १९ तथा इन्डियाको एक सय ३९ सिट भएका कारण समीकरण मोदी नेतृत्वको पक्षमा बलियो देखिन्छ। तर, गत संस्करणको निर्वाचनमा अहिले एनडीए गठबन्धनले आबद्ध दलले ४० तथा इन्डिया गठबन्धनमा आबद्ध दलले ३५ प्रतिशत मत पाएका थिए। सो मतलाई आधार मान्दा प्रतिस्पर्धा नै नहुने भन्ने होइन।

अहिलेको समीकरणमा बिजेपीले एनडीएको महत्त्वपूर्ण पार्टनर शिव सेनालाई धेरै नै स्थान दिनुपर्ने छ। सायद कम्तीमा पनि १२ सिट शिव सेनाका लागि दिइने छ। शिव सेनाको नेतृत्व महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्डेले गरेका छन्।

इन्डियाको अहिलेको समीकरणमा काँग्रेसको ४८ तथा स्थानीय दल डिएमकेले २४, ट्रिमनल कांग्रेसको २२ तथा तथा जेडी युले १६ सिटमा प्रभाव जमाएका छन्। एनडीएले दक्षिणमा चुनावी अभियानलाई तीव्र बनाउन थालेको छ भने इन्डियाले धेरै प्रभाव राख्ने राज्यहरू तामिल नाडु, पश्चिम बङ्गाल, केरेला र बिहारमा धेरै चासो दिएको छ।

गत वर्ष नौ राज्य सभाको निर्वाचन भएको थियो। यी मध्य पाँच वटाले सरकार परिवर्तन गरेको थियो। बिजेपीले चार, काँग्रेसले २ तथा अन्य क्षेत्रीय दलले तीन राज्यमा जित हात पारे। अहिले एनडीए र यसका साझेदारले १८ राज्य तथा युनियन टेरिटरीमा सत्ता चलाएका छन्। इन्डिया र यसका साझेदारले १० राज्य तथा युनियन टेरीटरीमा शक्ति आर्जन गरेका छन्। दुवै गठबन्धनमा आबद्ध नभएको वाइएसआरसीपीले आन्ध्र प्रदेश तथा बीजेडीले ओढीषामा सफलता पाएका छन्।

अहिलेको पोल र राज्य सभाको निर्वाचनलाई आधार मान्दा बिजेपी नेतृत्वको एनडीपी गठबन्धन अग्र स्थानमा देखिन्छ । सायद नेहरुपछि अभूतपूर्व सफलताको पर्खाइमा मोदी छन्।

राज्य सभाको निर्वाचनलाई आधार मान्ने हो भने इन्डियाको सबै भन्दा दरिलो उपस्थिति पश्चिम बङ्गाल, कर्नाटक, केरेला, तामिल नाडु र पन्जाबमा प्रभाव छ। एनडीएको मध्य प्रदेश, उत्तर प्रदेश, गुजरात, राजस्थान र महाराष्ट्रमा सबै भन्दा धेरै प्रभाव छ।

भारतमा निर्वाचन आउन केही वर्ष बाँकी छ। यस समयमा कुन दलको प्रभाव कस्तो रहने भन्ने त निश्चित छैन। तर अहिलेको पोल र राज्य सभाको निर्वाचनलाई आधार मान्दा बिजेपी नेतृत्वको एनडीपी गठबन्धन अग्र स्थानमा देखिन्छ । सायद नेहरुपछि अभूतपूर्व सफलताको पर्खाइमा मोदी छन्। स्रोतः इन्डियन एक्सप्रेस, हिन्दुस्तान टाइम्स, जिएमआर इन्स्टिच्युट

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार