सुदूरपश्चिम र कर्णालीमा बिहानैदेखि हल्का वर्षा

धनगढी- लामो समयपछि पश्चिम नेपालमा वर्षा भएको छ । सुदूरपश्चिम र कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा बिहीबार बिहानैदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागको मौसम साधारणतया सफा रहनेछ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहने महाशाखाले जनाएको छ । 

SHIKHAR COOL TECH

आज राति देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।

महाशाखाले पश्चिमी वायुसँगै भित्रिएको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बुधबार अपराह्नदेखि बिहीबार (आज) सम्म देशका धेरै स्थानमा वर्षा तथा हिमपात हुने जानकारी गराएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार