बंगलादेशविरुद्ध नेपालको खराब प्रर्दशन नवौं ओभर पूरा नहुँदै तेस्रो विकेट गुमायो

धनगढी- दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकप क्रिकेटमा नेपालले बंगलादेशविरुद्ध तेस्रो विकेट गुमाएको छ ।

अर्जुन कुमाल २६ बलमा १४ रन बनाएर आउट भएका हुन् । यो बेला नेपालले ८.३ ओभरमा २९ रन बनाएको थियो ।यसअघि पहिलो विकेटका रुपमा विपीन रावल १२ बलमा २ रन बनाएर आउट भएका थिए ।

Dengue

त्यसअघि आकाश त्रिपाठी १३ बलमा ३ रन बनाएर पवेलियन फर्किएका थिए ।नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको हो । नेपालले अहिले सुपर सिक्सको पहिलो खेल खेलिरहेको हो । दोस्रो खेलमा नेपालले शुक्रवार भारतसँग खेल्नेछ ।

समूह चरणमा खेलेका तीन खेलमध्ये नेपाल न्युजिल्यान्ड र पाकिस्तानसँग पराजित भएको थियो । तर, अफगानिस्तानलाई हराउँदै नेपालले सुपर सिक्सको यात्रा तय गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार