प्रधानमन्त्री कप : फेरिए नेपाल पुलिस क्लबका कप्तान, आरिफले लिए दीपेन्द्रको स्थान

धनगढी- प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा नेपाल पुलिस क्लबका नियमित कप्तान फेरिएको छ।

दीपेन्द्र सिंह ऐरीको स्थानमा टिमले आज आरिफ शेखलाई कप्तानको जिम्मेवारी दिएको छ। नयाँ खेलाडीलाई मौका दिन ऐरी टोलीबाहिर बसेको कप्तान शेखले टसका क्रममा जानकारी दिए।

Galaxy

आज ऐरीको स्थानमा रोशन बुढाल टिममा भित्रिएका छन्। उनले प्रधानमनत्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो खेल खेल्दैछन्।

खराब मौसमका कारण मुलपानी क्रिकेट मैदानमा हुन लागेको खेललाई ५० बाट ३८ ओभरमा छोट्याइएको छ। पुलिसका कप्तान शेखले टस जितेर पहिला ब्याटिङ रोजेसँगै लुम्बिनी प्रदेशले पहिला बलिङ गर्दैछ।

प्रतियोगितामा पुलिसले खेलेका सात खेलमै जित निकालेर १४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। लुम्बिनी भने आठ खेलमा दुई अंकसहित नवौं स्थानमा छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार