एसियन कप : भारतमाथि अस्ट्रेलियाको प्रभावशाली जित

दोहा — अस्ट्रेलियाले एसियन कप-२०२३ को समूह ‘बी’ को पहिलो खेलमा शनिबार भारतमाथि प्रभावशाली २–० को जित निकालेको छ । पहिलो हाफको गोलरहित बराबरीपछि पूर्व विजेता अस्ट्रेलियाले २ गोल गरेको हो ।

भारतीय गोल रक्षक गुरप्रित सिंह सिन्धुको कमजोर क्लियरेन्समा ज्याक्सन इरभिनले ५० औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि सब्टिच्युट खेलाडी जोर्डन बसले नजिकको दूरीबाट ७३ औं मिनेटमा दोस्रो गोल थपे ।

Dengue

यस जितसँग अस्ट्रेलिया ३ अंकमा समूहको शीर्ष स्थानमा रह्यो र उसको नकआउट चरण प्रवेशको सम्भावना बलियो भएको छ । यो समूहको अर्को दुई टिम सिरिया र उज्वेकिस्तान रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार