उम्मेदवार जिताउन सत्ता गठबन्धनले केन्द्रदेखि जिल्लासम्मै गठन गर्‍यो समन्वय समिति

धनगढी- सत्ता गठबन्धनमा आबद्ध दलहरूले राष्ट्रियसभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन निर्वाचन केन्द्रीय समन्वय समिति गठन गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकको संयोजकत्वमा तीन पार्टीका सदस्य रहेको समिति गठन गरेका हुन् । समितिले सातवटै प्रदेश र ७७ वटै जिल्लामा राष्ट्रियसभा निर्वाचन जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।

Dengue

केन्द्रीय समितिमा नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्रप्रसाद पाण्डे र जनता समाजवादी पार्टी (जसपा)बाट मनीष सुमन सदस्य छन् ।

आगामी माघ ११ हुने राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धनका दलले सर्वसहमतिमा १९ सिटमै उम्मेदवार उठाएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार