नेपाल सुपर लिग : कस्ले मर्ला बाजी, धनगढी एफसी कि ललितपुर सिटी एफसी ?

धनगढी- नेपाल सुपर लिगको उपाधिका लागि शनिबार धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दैछन् । दशरथ रङ्गशालामा साँझ साँढे ५ बजे सुरु हुने खेल अघि दुबै टोलीका प्रशिक्षकले जितको लागि तयार रहेको बताएका छन् ।

धनगढीका प्रशिक्षक युगल किशोर राईले आफ्नो टोली शारीरिक र मानसिक दुबै रुपमा तयार रहको बताए । आफूहरूले जितकै लागि खेल्ने बताएका उनले दुबै टोली उत्तिकै बलिया भएकाले खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरे । 

SHIKHAR COOL TECH

‘फाइनल एकदमै टफ हुनेवाला छ । हामी शारीरिकमात्रै नभएर मानसिक रुपमा पनि तयार छौं । व्यक्तिगत रुपमा पनि खेलाडीले शतप्रतिशत दिनुपर्छ,’ उनले भने, ‘हामीले फाइनल अघि चार दिनको आराम समय पाएका थियौं । सोच्ने मौका पनि पाएका छौं । हामी फाइनलका लागि पूर्ण रुपमा तयार छौं ।’

उनले गत सिजनमा पनि फाइनलमा पुगेको तर केही गल्तीका कारण उपाधि उचाल्नबाट चुकेको बताउँदै यस पटक त्यसबेलाका गल्तीबाट सिक्दै अगाडि बढ्ने प्रतिक्रिया दिए । 

ललितपुरका प्रशिक्षक इयान गिलानले आफूहरु उपाधिका लागि खेल्ने बताउँदै खेल प्रतिस्पर्धात्मक हुने बताए । 

कार्यक्रममा आयोजकले उपाधि विजेतालाई प्रदान गरिने ट्रफी समेत सार्वजनिक गरेको थियो । भारतीय राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान भाइचुङ भुटिया, नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेन्जोग, कलाकार दयाहांग राईलगायतले ट्रफी अनावरण गरेका थिए ।  

प्रतियोगिताको फाइनल भारतीय रेफ्रीले खेलाउने छन् । अखिल नेपाल फुटबल संघको रेफ्री संघ र रेफ्री कमिटीले फाइनल खेलका लागि भारतीय रेफ्रीको नाम सिफारिस गरेका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार