काठमाडौं –उपत्यकादेखि तराई जोड्ने द्रुत मार्ग ९फास्ट ट्रयाक०का लागि ४ हजार ३०० वटा रुख काट्न सरकारले अनुमति दिएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो अनुमति दिएको सरकारकी प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले गत पुस ४ गते संसद्को राज्य व्यवस्था समितिमा यसबारे गुनासो गरेका थिए । उचित कानून नबन्दा चारवटा रुख काट्न नौ महिना लागिरहेको बताउँदै उनले यस्तै कारण फास्ट ट्रयाकमा ढिलाइ भएको बताएका थिए ।
यससँगै मन्त्रिपरिषद्ले शुक्रवार विभिन्न १२ वटा निर्णयसमेत गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद्का १२ निर्णयः
प्रतिक्रिया दिनुहोस्