काठमाडौं- ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागी घाईते भएका अर्का आन्दोलनकारीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा डोटी घर भएका २२ वर्षीय वीरेन्द्र शाह रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जनकारी दिए ।
उनका अनुसार प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारी शाहको पाटन अस्पतालमा मृत्यु भएको हो । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।
प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए ।
प्रतिक्रिया दनुहोस्