कुनै शंकोच नमानी कांग्रेस केन्द्रीय समितिमा बालकृष्ण खाँण

काठमाडौं – भरखरै जेलबाट छुटेका नेपाली कांग्रेस नेता बालकृण खाँण आजको केन्द्रीय समितिको बैठकमा उपस्थित भएका छन् । विहान ११ बजे नै पार्टी कार्यलय पुगेका उनले सहकर्मीसँग कुनै शंकोच नमानी कुरा गरेका थिए । पुरानै शैलीमा उनले कुराकानी गरे ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा भएपछि नेता खाँण आज पहिलो पटक कांग्रेसको केन्द्रीय समिति बैठकमा सहभागी भएका हुन् । बैठक स्थलमा नेता खाँण सहकर्मीसँगको भलाकुसारीमा व्यस्त रहे । सञ्चो विसञ्चो सोध्न भ्याए ।

Dengue

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि गत वर्ष वैशाख २७ गते पक्राउ परेका उनी मंसिर २९ धरौटीमा रिहा भएका थिए । कांग्रेसका प्रभावशाली नेता खाँण एक वर्षपछि पार्टी कार्यालय सानेपा छिरेका हुन् ।

बिहीबारदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन खाँण सहभागी भएका हुन् । जेलबाट छुटेपछि उनी सार्वजनिक कार्यक्रममा सहभागि भएका िथएनन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार