कञ्चनपुरमा किशोरीमाथि बलात्कारको आरोप,एक पक्राउ अर्का भागे

कञ्चनपुर : कञ्चनपुरमा किशोरीमाथि करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिकाका २७ वर्षीय प्रेम प्रकाश जोशी रहेका छन्।

किशोरीमाथि सामुहिक बलात्कार आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीले बताएका छन्। बलात्कारमा संलग्न अर्काको खोजी भइरहेको उनले बताए।

पुस १० गते साँझ जोशीले घर नजिकै बोलाइ बलात्कार गरेको पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छिन्।

घटनाबारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार