सन्दीप विरुद्धको मुद्दामा अन्तिम बहस हुँदै, आजै फैसला आउने सम्भावना

धनगढी– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज पनि बहस हुँदैछ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी बहस हिजो नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।हिजोको बहसमा जाहेरवाला र सरकारी वकिलहरूको बहस सकिएपछि सन्दीप पक्षका वकिलहरूको बहस सुरु भएको छ ।

dashain shuvakamana
Discovery School

सन्दीपका पक्षका वकिलको बहसपछि जाहेरवाला र सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । जवाफी बहस सकिएपछि अन्तिम फैसला आउने छ । सम्भवतः आजै या भोलिसम्ममा यो मुद्दाले अन्तिम किनारा पाउने सम्भावना छ ।२०७९ साल कात्तिक १४ गते पीडित भनिएकी किशोरीले सन्दीपले आफूमाथि बलात्कार गरेको भन्दै मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा दोषी ठहर भए सन्दीपले १० देखि १२ वर्षको जेल सजाय पाउने छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार