कोरोना सङ्क्रमण पुन: फैलिने खतरा ,सुदूरपश्चिममा सात जनामा सङ्क्रमण पुष्टि

धनगढी- पछिल्लो समय कोरोना सङ्क्रमण पुन फैलिने खतरा बडेको छ । केही दिन यता भारतबाट आइरहेकाहरूमा कोरोना सङ्क्रमण देखिन थालेको त्रिनगर हेल्थ डेस्कका इन्चार्ज गणेश साउदले जानकारी दिए । अहिले सम्म भारतबाट आएका सात जनामा कोरोना सङ्क्रमण देखिएको उनले बताए ।

सात जना मध्ये बाजुराका १ जना, अछामका १ जना कञ्चनपुरका ३ जना र कैलालीमा २ जना रहेका छन् । भारतबाट आउनेहरू मध्ये अधिकांश बेङ्लोरबाट आउनेहरूमा कोरोना सङ्क्रमण देखिएको उनले बताए ।

Dengue

भारतमा पछिल्लो समय फेरी कोरोना सङ्क्रमणको बढिहरेपछि त्यहाँबाट आउनेहरूसँगै कोरोना सङ्क्रमण भित्रन सक्ने खतरा बढेको छ ।अहिले पनि दैनिक रूपमा सयौँ जना भारतबाट नेपाल आइरहेका छन् । उनीहरू मध्ये आधाको मात्रै परीक्षण हुने गरेको छ । ‘हामीले दैनिक ४०/५० जनाको परीक्षण गर्छौ’ इन्चार्ज साउदले भने ‘पछिल्लो केही दिन यता दैनिक रूपमा देखिन थालेको छ । ’

६ महिना देखी सङ्क्रमण फेला नपरेको सीमा नाकामा केही दिन देखी कोरोना सङ्क्रमण देखिएपछि कडाइ समेत गरिएको छ । अहिले सम्म ७ जना मध्ये ४ जनाको स्वाब थप परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । कुन भेटियन्ट हो भन्ने विषयमा थप परीक्षण गर्न प्रदेश प्रयोगशालामार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको इन्चार्ज साउदले बताए ।

पछिल्लो समय भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटिएपछि नेपालमा पनि त्यो भित्रिन सक्ने खतरा बढेको छ । विश्व स्वास्थ्य सङ्गठनले कोभिड १९ को नयाँ भेरिएन्ट जेएन १ (भेरिएन्ट अफ इन्टरेस्ट) पुष्टि भएको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार