नेपाल सुपर लिग : फाइनल प्रवेशका लागि काठमाडौँ र ललितपुर भिड्दै

धनगढी -नेपाल सुपर लिगमा आज साबिक विजेता काठमाडौँ र ललितपुर सिटी एफसीबिच प्रतिस्पर्धा हुने भएको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । आजको विजेता फाइनल प्रवेश गर्नेछ ।

लिग चरणमा काठमाडौँ तेस्रो र ललितपुर चौथो हुँदै शीर्ष चारमा पुगेका थिए । यसअघि लिगको अन्तिम खेलमा पनि काठमाडौँ र ललितपुबीच प्रतिस्पर्धा भएको थियो । जसमा ललितपुरलाई १–० ले पराजित गर्दा काठमाडौँले प्लेअफमा स्थान पक्का गरेको थियो ।
सोमबार भएको पहिलो क्वालिपायरमा पोखरालाई पेनाल्टीसुटआउटमा हराउँदै साबिक उपविजेता धनगढी लगातार दोस्रो पटक फाइनल पुगिसकेको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार