नेपाल सुपर लिगमा आज दुई महत्वपूर्ण खेल

दोस्रो संस्करणको नेपाल सुपर लिग अन्तर्गत आज दुई महत्त्वपूर्ण खेल हुँदैछ । अपरान्ह १ बजे हुने खेलमा पहिलो स्थानको पोखरा थन्डर्स र दोस्रो स्थानको धनगढी एफसी भिड्ने छन् ।

पोखराको ७ खेलमा १४ अंक रहेको छ र प्लेअफमा आफ्नो स्थान बनाइसकेको छ । पोखराको शीर्ष दुईमा रहने टुंगो नलागेको हुनाले पोखरालाई पनि आज जित्नै पर्ने दवाव रहेको छ । उता धनगढीले पनि आज जित हासिल गरेमा शीर्ष दुईमा आफ्नो स्थान पक्का गर्ने छ । हार बेहोरमा भने धनगढीको शीर्ष चारमा नरही प्लेअफ नपुग्ने सम्भावना पनि रहने छ ।

Dengue

दोस्रो खेलमा झापा एफसीले एफसी चितवनको सामना गर्ने छ । चितवन भने प्लेअफ जाने यात्राबाट बाहिरिसकेको छ भने झापाको भने प्लेअफ पुग्ने सम्भावना जितले सुनिश्चित नै गर्ने छ । चौथो स्थानमा रहेको झापाको ७ खेलमा १० अंक रहेको छ । पछिल्लो खेलमा धनगढी माथि जित हासिल गरेको झापाको मनोबल भने उच्च रहने छ ।

पुछारमा रहेको चितवन भने यसपटक पनि आफूलाई यस खेल अघि पुछारमा भेटाएको छ । चितवन आजको खेलमा जित हासिल गर्दै अन्तिम स्थानमा नरहेको कोसिसमा रहनेछ ।

एनएसएलमा लिग तालिकाको शीर्ष २ टोलीले सिधै फाइनलमा छनोट हुने क्वालिफायर खेल खेल्नेछन् । क्वालिफायरमा पराजित हुने टोलीले भने लिगको तेस्रो र चौथो स्थान प्राप्त गर्ने टोलीको विजेतासँग अर्को क्वालिफायर खेल्न पाउनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार