महिला टि–२० सिरिजमा नेपाल तेस्रो

काठमाडौं: चार देश सम्मिलित महिला टि–२० सिरिज मा नेपाल तेस्रो भएको छ । हङकङमा जारी प्रतियोगिताको अन्तिम खेलमा जापानलाई ४५ रनले पराजित गर्दै नेपाल तेस्रो भएको हो । जापानका लागि अकारी निहीमुराले २९ रनको योगदान दिए पनि आफ्नो टिमलाई जीत दिलाउन सकिनन् । यसैगरी हिनासी गोतोले १६ तथा आहिल्ला चन्डेलले ११ रनको योगदान दिएका थिए ।

त्यसबाहेक जापानका अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । नेपालका लागि संगीता, इन्दु, सीता, खुशी र सोनीले समान १–१ विकेट लिएका थिए । यसअघि खेलमा नेपालले जापानलाई ११६ रनको लक्ष्य दिएको छ । प्रतियोगितामा ओपनर पूजा महतोको ४३ रनको सहयोगमा नेपालले निर्धारित २० ओभरमा नेपालले ५ विकेट गुमाएर ११५ रन बनाउन सक्यो ।

Dengue

महतोले ५१ बलको सामना गर्दै ३ चौकाको सहयोगमा ४३ रन बनाएकी हुन् । त्यसपछि मध्यक्रमका ब्याट्सम्यान रोमा थापाले २२ र रविना क्षेत्रीले २१ रनको योगदान दिएका छन् । फुजी कवाको बलमा आउट हुनुअघि कप्तान इन्दु बर्माले टिमका लागि १२ रनको योगदान दिएकी थिइन ।

समूह चरणको पहिलो र दोस्रो खेलमा भने नेपाल पराजित भएको थियो । नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले तथा दोस्रो खेलमा बिहीबार हङकङसित नौ विकेटले पराजित भएको थियो । जापान समूह चरणका तीनवटै खेलमा पराजित भएको थियो ।

महिला टि९२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आइसिसी बरियतामा तान्जानिया १९औँ, नेपाल २१औँ, हङ्कङ २२औँ तथा जापान ५१औँ स्थानमा छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार