जापानलाई ६७ रनले हराउँदै नेपाल विजयी

काठमाडौँ: चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जित निकालेको छ ।

हंङकङमा आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै नेपालले जित निकालेको हो । नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको जापान निर्धारित २० ओभरमा ४६ रन बनाएर अलआउट भयो ।

Dengue

जापानकी मेगा ओगावाले १७ तथा सेरिका सुमीले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।नेपालकी अस्मिना कर्माचार्यले सर्वाधिक ४ विकेट लिइन् । यस्तै, संगीता राईले ३ तथा पूजा महतोले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ११३ रन बनाएको थियो । नेपालकी रुविना क्षेत्रीले सर्वाधिक ३८ रनको योगदान दिइन् । यस्तै कप्तान इन्दु बर्माले २७, काजल श्रेष्ठले १५ तथा पूजा महतोले १३ रन जोडे ।

नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो भने बिहीबार भएको दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको थियो।

सिरिजअन्तर्गत समान दुई खेल हारेका दुवै टोली उपाधि भिडन्तबाट बाहिरिसकेका छन् । तान्जानिया र हङकङले भने उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

महिला टी–२० सिरिजमा घरेलु टोली हङकङसहित नेपाल, तान्जानिया र जापान सहभागी छन्। आईसीसी वरियतामा तान्जानिया १९ औँ, नेपाल २१ औँ, हङकङ २२ औँ र जापान ५१ औँ स्थानमा छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार