धनगढीमा आगलागी, सारथी अस्पतालसहितका ८ पसलमा क्षति

धनगढी । धनगढीमा विद्युत सर्ट भएर आगलागी भएको छ ।

धनगढीमा रहेको सारथी अस्पतालसहितका ८ पसलमा शुक्रबार राति करिब १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सुज सेन्टरलगायतका पसलमा क्षति पुगेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पालले जानकारी दिए ।

Dengue

स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासी विद्युत सर्ट भएर आगलागी भएको बताउँदै एसपी पालले धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताए ।

आगलागीबाट सारथी अस्पताल र भण्डारी सुज सेन्टरसँग जोडिएका मधुमाला देवी सप, भट्ट सपिङ्ग सेन्टर, सुभिक्षादेवी सपिङ्ग सेन्टर, न्यु सदीक्षा इन्टरप्राईजेजी, भट्ट ट्रेडर्स एण्ड सप्लायर्स, भण्डारी जनरल स्टोर एण्ड सु-सेन्टर लगायतका पसलमा समेत क्षति भएको छ । क्षतिको यकिन विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार