आजको राशिफल

आज – ०२ मंसिर २०८० शनिवार को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पुनर्मिलनको योग रहेको छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ ।

dashain shuvakamana
Discovery School

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ प्रेमीको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ र सहयोग गर्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अधुरो काम पूरा हुनेछ । पुनर्मिलनको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग पनि मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज जोशजाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख मिल्नेछ । इच्छा र आकाङ्क्षा पनि पूर्ण हुनसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । सामाजिक र धार्मिक यात्राको योग पनि छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कार्यमा सफलता पाइनेछ । कुनै कुराले मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला, तर साँझमा धन खर्च हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज स्वास्थ्य भरपर्दो रहनेछैन । मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला । अरुले आलोचना पनि गर्न सक्छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । प्रेम जीवन पनि सुखमय हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज सरकारी निकायको भय रहला । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ, तर साथीको साथ पनि पाइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ र रमाइलो यात्रा पनि हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्यमा समस्या आउला । प्रेममा बाधाका साथै मन कमजोर रहला । वैदेशिक क्षेत्र कमजोर रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ । बन्धु बान्धवबाट सहयोग पनि मिल्नेछ । शेयर बजारबाट पनि राम्रै सफलता मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार