अस्ट्रेलिया विश्वकपकाे फाइनलमा

दक्षिण अफ्रिका विश्वकप क्रिकेटको सेमिफाइनलमा फेरि एकपटक पराजित भएको छ । भारतको कोलकातास्थित इडेन गार्डेनमा भएको रोमाञ्चक सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई तीन विकेटले पराजित गर्दै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको हो ।

अब आइतबार अस्ट्रेलियाले विश्वकपको उपाधिका लागि भारतको सामना गर्नेछ । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २ सय १२ रन बनाएको थियो, जवाफमा अस्ट्रेलियाले ४८औँ ओभरमा सात विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

Dengue

अस्ट्रेलिया आठौँ पटक आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको हो । भारतले पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डलाई ७० रनले हराएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार