कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते  

धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थित वाणीमा मोटरसाइकल दुर्घटना भएको छ।

धनगढीदेखि महेन्द्रनगर जाने क्रममा बैतडीको पुर्चौडी नगरपालिका-७ का २५ वर्षीय करन साउदले चलाएको बा २ ब ८९५० नम्बरको मोटरसाइकल गएराति दुर्घटना भएको ट्राफिक प्रहरी अत्तरियाले जनाएको छ।

मोटरसाइकल चालक साउदको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। पछाडी सवार २८ वर्षीय प्रकाश जोशी सामान्य घाइते भएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार