तीन क्रिकेट रंगशाला राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत निर्माण गरिने

काठमाडौं: सरकारले तीनवटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका आयोजनामा राखेर निर्माण अघि बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको गौतमबुद्ध भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय भएको हो । नेपालले दोस्रोपटक आइसिसी टी–२० विश्वकप क्रिकेटमा स्थान बनाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनवटा रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखेर निर्माण गर्ने घोषणा गरेका थिए ।

मन्त्रिपरिषद्को निर्णयअनुसार तीनदेखि चार वर्षमा तीनवटै क्रिकेट रंगशाला तयार हुने युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले जानकारी दिएका छन् । मूलपानी र बैजनाथपुर रंगशाला राष्ट्रिय खेलकुद परिषद्को मातहतमा रहनेछ । मूलपानीको माथिल्लो मैदानले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरिसकेको छ । यस मैदानमा एसिसी प्रिमियर कप तथा आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोट खेल भएको थियो । यसै मैदानमा नेपालले युएईलाई पराजित गरी दश वर्षपछि विश्वकपमा स्थान पक्का गरेको थियो ।

Dengue

माथिल्लो मैदानमा अहिले ड्रेसिङ रुम, भिआइपी र भिभिआइपी ब्लक र दुईवटा सामान्य प्याारापिट बनिसकेको छ । क्यानको केन्द्रीय कार्यालयसँगै जोडिएको माथिल्लो मैदानमा १५ करोड रुपैयाँ पछिल्लोपटक पारित भएको थियो । यसैगरी, चितवनको भरतपुरमा धुर्मुस सुन्तली फाउन्डेसनले बनाउन थालेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र छ । गत २१ कात्तिकमा बागमती प्रदेश र चितवन महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सहमति भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार