प्रधानमन्त्री दाहाल र चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सेक्रेटरी वाङबीच भेटवार्ता

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङबीच भेटवार्ता भएको छ।

दुवैबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो। भेटवार्तामा दुई देशबीच सहकार्य र हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Dengue

भेटमा सचिव वाङ छुङछेङसहितको चिनियाँ प्रतिनिधि मण्डल पनि सहभागी थियो। वाङ बुधबारदेखि नेपाल भ्रमणमा छन्। सचिव छुङछेङ पाँच दिने भ्रमणका क्रममा बुधबार नेपाल आएका हु्। हिजो दिउँसो उनले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भेटवार्ता गरेका थिए।

छुङछेङले आजै बिहान ११ बजे उनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा उनी पोखरा पनि जाने बताइएको छ। प्रधानमन्त्री दाहाल चीन भ्रमणका क्रममा उनले सचिव छुङछेङलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार