कञ्चनपुरमा ८ जुवाडे पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा ८ जुवाडे पक्राउ परेका छन्।

जिल्लाको शुक्लाफाँटा नगरपालिका १ का फलेन्द्र रानाको भान्छा कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाँउका २९ वर्षीय तेजबहादुर रानासहित ८ जनालाई नगद ४० हजार ९ सय २७ रुपैँया र तास ३ गड्डीसहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार