धनगढी २ कार्तिक । बझाङ केन्द्रबिन्दु बनाएर फेरि भूकम्पको धक्का लागेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले गएराति १० बजेर ४ मिनेटमा बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
बझाङ केन्द्रबिन्दु बनाएर १६ असोजमा ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता बझाङ केन्द्रबिन्दु बनाए भूकम्पका पराकम्प जाने क्रम रोकिएको छैन ।
प्रतिक्रिया दिनुहोस्