कञ्चनपुरको एक विद्यालयका प्रधानाध्यापकले बाँडे निजि स्रोतका शिक्षकलाई आफ्नो तलब

धनगढी, २८ असोज । कञ्चनपुरको एउटा विद्यालयका प्रधानाध्यापकले आफ्नो तलबको रकम निजि स्रोतका शिक्षकहरुलाई बाँडेका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिकामा रहेको दीपनगर आधारभुत विद्यालयका प्रधानाध्याकप धर्मा भण्डारीले आफ्नो तलबको रकम निजि स्रोतका शिक्षकहरुलाई बाँडेका हुन् ।

उनले दसैँका बेला तलब थाप्न नपाएपछि उनीहरु निराश बनेका उनिहरुलाई आफ्नो तलबको रकम वितरण गरेको प्रधानाध्यापक भण्डारीले बताए । उनले साउनदेखी असोजसम्मको आफुले पाएको तलब वाफतको रकम विद्यालयमा कार्यरत निजि स्रोतका ६ जना शिक्षकहरुलाई बराबर पुग्ने गरी बाँडेका हुन् ।

Dengue

‘दसैँका बेला मेरो खातामा तलब आइपुग्यो तर आफूसँग विद्यालयमा पढाउने शिक्षकहरुले दशैँ जस्तो महत्वपुर्ण पर्वमा तलब नपाउदा उनिहरुलाई खाली हात नपठाएको उनले बताए । उनले दशैँ जस्तो महत्वपुर्ण पर्वमा सहकर्मी शिक्षकहरुले तलब नपाउँदा आफुलाई नराम्रो लागेको बताए ।

‘शुक्लाफाँटा नगरपालिकाको आन्तरिक खिचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ । तलब नपाएर हैरान भएका बेला प्रधानाध्यापकले आफ्नै तलबबाट दसैँ खर्चका लागि रकम उपलब्ध गराएपछि निकै सहज भएको विद्यालयका शिक्षक कर्णबहादुर कुवँरले बताए ।

थोरै रकम पाए पनि दसैँका लागि खर्च गर्न पुग्ने भएकाले खुसी भएको उनले बताए । कक्षा १ देखि ८ सम्म पठनपाठन हुने विद्यालयमा एक जना स्थायी र एक जना राहतबाहेक अन्य छ जना शिक्षक निजी स्रोतमा कार्यरत रहेका छन् । विद्यार्थीको संख्या १ सय ६२ रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार