कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद


धनगढी, २४ असोज । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ८५ हजार मूल्य बराबरको लेडिज सुट, गुट्का लगायतका सामान बरामद गरेको हो ।

यस्तै शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर चोक स्थित सडक किनाराबाट अन्दाजी ३२ हजार ७ सय ५० मूल्य बराबरको चिनी, मिश्री लगायत श्रृंगारका सामान र बेलौरी नगरपालिका ७ पौलाहा चोकबाट अन्दाजी ६३ हजार २ सय मूल्य बराबरको ग्रिस, एयर फिल्टर, फ्युल फिल्टर,

Dengue

भारतीय नम्बर प्लेटको मोटरसाईकल १ थान लगायतका सामान गरि अन्दाजी १ लाख ८० हजार ९ सय ५० मूल्य बराबरको सामान मंगलबार बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यस्तै कैलालीको बर्दगोरिया गाउँपालिका २ बौनिया स्थित भजनी सडक खण्डबाट भन्सार छलीका अन्दाजी ४३ हजार ५ सय ५० मूल्य बराबरको जुता, चप्पल मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको कैलाली प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार