बैतडीको पञ्चेश्वर गाउँपालिकाले गर्भवती र सुत्केरीलाई रेफर गर्नुपरे यातायात खर्च दिने

बैतडी, १३ असोज । बैतडीको पञ्चेश्वर गाउँपालिकाले गर्भवती र सुत्केरीलाई रेफर गर्नुपरे यातायात खर्च व्यहोर्ने भएको छ । जटिल समस्याका गर्भवती र सुत्केरी महिलालाई सुविधा सम्पन्न अस्पतालहरूमा प्रेषण गर्नु परेमा यातायात खर्च गाउँपालिकाले व्यहोर्ने भएको हो ।

गाउँपालिकाले एक सूचना जारी गरेर पालिका भित्रका बर्थिङ सेन्टर तथा स्वास्थ्यचौकीबाट जटिलता देखा परि प्रस्तुति तथा गर्भवतीलाई सुविध सम्पन्न अस्पताल प्रेषण गर्नुे परे यातायात खर्च स्वास्थ्य शाखाबाट भुक्तानी गरिने उल्लेख गरेको छ ।

Dengue

खर्चका लागि रेफर गरिएको कागजात, स्वास्थ्य संस्थाबाट लिएको सेवा सम्बन्धि कागजात र एम्बुलेन्सको विल सहित निवदेन स्वास्थ्य शाखामा बुझाउन पालिकाले अनुरोध गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार