बैतडी, १४ असोज । बैतडीमा भिरबाट लडेर एक किशोरीको ज्यान गएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका –१ गोरङकी १८ बर्षिया सुमिता बिष्टको शनिबार भिरबाट लडेर ज्यान गएको हो ।
स्थानीयका अनुसार खर काट्ने क्रममा पिनेखोला भन्ने भिरबाट लडेर सुमिताको घटनास्थलमै ज्यान गएको हो । किशोरी श्रीपन्चदेव माध्यमिक विद्यालय रिममा कक्षा १२ मा अध्ययनरत थिइन् ।
प्रतिक्रिया दिनुहोस्