धनगढीमा सम्पन्न प्रथम शारीरिक सुगठनको उपाधि पन्त र चन्दलाई

धनगढी, १३ असोज । धनगढीमा प्रथम सुदूरपश्चिम श्री शारीरिक सुगठन प्रतियोगिता सम्पन्न भएको छ । सुदूरपश्चिम फिट्नेश एण्ड फारवेष्ट स्पोर्टस क्लबको आयोजनामा शुक्रबारदेखि शुरु भएको सो प्रतियोगिता आज शनिबार सम्पन्न भएको हो ।

सो प्रतियोगिताको शाररिक सुगठन विधामा सुनिल चन्द र मेन्स फिजिकतर्फ लक्ष्मि पन्तले उपाधि पाएका छन् । यस्तै शारीरिक सुगठन विधामा द्वतिय पुरस्कार आर्यान शाही, तृतिय अर्जुन साउद र सहानुभुति तर्फ अनिल सेरलाले प्राप्त गरेका छन भने मेन्स फिजिकतर्फ द्वतिय पुरस्कारतर्फ अजय रिजाल, तृतिय अमृत रावत र सहानुभुतितर्फ सन्देश शाहले प्राप्त गरेका छन् ।

Dengue

प्रतियोगिताका दुवै विधाका विजेतालाई जनहीनगद २५ हजार पुरस्कार प्रदान गरिएको छ । यस्तै दुवै विधामा दोस्रो हुनेलाई नगद १५ हजार र तेस्रो हुनेलाई नगद १० हजार नगद पुरस्कार दिइएको छ । साथमा जिन्सी पुरस्कार हरू पनि प्रदान गरिएको छ । मेन्स फिजिक प्रतियोगितामा १६ खेलाडी र शारिरिक सुगठन प्रतियोगितामा १४ खेलाडीले भाग लिएका थिए ।

प्रथियेगिता मा प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले विजेता खेलाडीलाई ट्रफी, नगद पुरस्कार तथा सामाग्री हष्तान्तरण गरे । सोही कार्यक्रममा बोल्दै मन्त्री साउदले खेलकुदको विकासका लागि प्रदेश सरकारले बजेटमा कमि हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

उनले प्रदेश सरकारले अहिले पनि खेलकुदमा बजेट विनियोजन गरेको भएपनि तयो अप्रर्याप्त रहेको बताए । आगामी आर्थिक वर्षमा प्रदेश सरकारले प्राथमिकता क्षेत्र पहिचान गरि खेलकुदमा बजेट विनियोजन गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार