बैतडीमा सर्पको टोकाइबाट एक महिला घाइते

बैतडीः बैतडीमा सर्पको टोकाइबाट एक महिला घाइते भएकी छन्।

जिल्लाको सिगास गाउँपालिका–२ की ३२ वर्षीया भागादेवी धामीलाई बुधबार साँझ घरै नजिकै घाँस काट्नेबेला सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। धामीको दाहिने खुट्टाको पैतालामा सर्पले टोकेको बताइएको छ। उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार