बारुदको कच्चा पदार्थसहित बैतडीमा महिला पक्राउ

बैतडी: बारुद बनाउन प्रयोग गरिने पदार्थसहित एक महिला पक्राउ परेकी छिन्।

दशरथचन्द नगरपालिका २ देहिमाडौँकी ४२ वर्षीया पुष्पा बोहरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

Dengue

भारतीय सीमा नाका झुलाघाटबाट गोठलापानीतर्फ आउदै गरेको से १ ज ४०९ नम्बरको जिपबाट बिहीबार साँझ पक्राउ परेकी बोहराको साथबाट बारुद बनाउन प्रयोग गरिने गन्धकजस्तो देखिने पदार्थ २ केजी र बारुद नै बनाउन प्रयोग गरिने सुराजस्तो देखिने पदार्थ १० केजी गरेर १२ केजी अवैध पदार्थ फेला परेको हो ।

विषेश सुराकीको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जाँच गर्ने क्रममा आलुको बोरामा हालेर ल्याउदै गरेको अवस्थामा दशरथचन्द नगरपालिका ८ मौराभिरबाट उक्त कच्चा पदार्थ सहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार