आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजोबाट सुरु बैठक आज ११ बजेबाट सुरु हुनेछ ।

पहिलो दिनको बैठकमा एक दर्जन नेताहरुले आफ्नो धारणा राखेका थिए । बैठकमा तीन वटा प्रस्ताव प्रस्तुत भएका छन् ।

Dengue

हिजोको बैठकपछि बोल्दै नेता मीनबहादुर विश्वकर्माले महासमितिको बैठक मङ्सिर १३,१४ र १५ गते काठमाडौँमा गर्ने प्रस्ताव आएको पेस भएको बताएका थिए ।

अहिलेसम्म भए गरेका कामको समीक्षामा महामन्त्री गगनकुमार थापाले समीक्षात्मक प्रतिवेदन प्रस्तुत गरेका छन् । हिजोको बैठकमा कार्यवाहक प्रधानमन्त्री र पार्टीका उपसभापति पूर्णबहादुर खड्काले सरकारको गतिविधिका बारेमा प्रस्तुत गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार