एसिया कप: श्रीलंका र पाकिस्तानको खेल आज

काठमाडौं: एसीसी एसिया कप क्रिकेटको सुपर फोरमा आज श्रीलंका र पाकिस्तान भिड्दैछन्। खेल कोलम्बोमा नेपाली समय अनुसार दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ।

आजको खेलको विजेताले उपाधिका लागि भारतसँग आइतबार प्रतिस्पर्धा गर्ने छ। आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण रहेको छ।

Seti Hospital

दुवै टोली २ अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन्। भारत एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ। आजको खेल वर्षाले प्रभावित भए श्रीलंका फाइनलमा प्रवेश गर्नेछ भने पाकिस्तान बाहिरिने छ।

श्रीलंका रनरेटको आधारमा दोस्रो स्थानमा रहेको छ भने पाकिस्तान तेस्रो स्थानमा। श्रीलंका साविक विजेता हो भने पाकिस्तान वानडे क्रिकेटको बरियताको नम्बर वान। यस अघि पाकिस्तान भारतसँग २ सय २८ रनको फराकिलो अन्तरमा पराजित भएको थियो भने श्रीलंका मंगलबार भारतसँग ४१ रनले नै पराजित भएको थियो।

बंगलादेश भने दुवै खेल हार्दै प्रतियोगिताबाट बाहिरिसकेको छ। भारत र बंगलादेशको खेल भोलि हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार