पाँच वर्ष यही गठबन्धन चल्छ, ढुक्क हुनुहोस् : प्रचण्ड प्रधानमन्त्री

विराटनगर: प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५ वर्षसम्म यही गठबन्धन चल्ने दाबी गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले गठबन्धन टिक्ने कुरामा ढुक्क हुन आग्रह गरेका हुन्। ‘५ वर्ष यही गठबन्धन चल्छ, ढुक्क हुनुहोस्,’प्रचण्डले भने ।

उनी कोसी प्रदेशको राजधानी विराटनगरमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देशसभामा सहभागी हुन आएका हुन् । सभालाई मोर्चाका शीर्ष नेता र पूर्वप्रधानन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । तर, ब्यानर र प्रचार सामग्रीमा ‘कोसी’नाम उल्लेख नगरिकन प्रदेशस्तरीय सन्देशसभा मात्रै लेखिएपछि प्रधानमन्त्री एवं पूर्वप्रधानमन्त्री सहभागी हुने कार्यक्रम आलोचित बनेको छ।

Dengue

राजनीतिक विश्लेषक गिरिश भट्टराई प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री सहभागी हुने प्रदेशस्तरीय कार्यक्रमको ब्यानरमा प्रदेशको नाम नराख्नु संविधान नमान्नु सरह भएको बताउँछन्। ‘प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतले नामकरण गरिसकेपछि त्यसलाई मान्दिन भनेजस्तो देखिन्छ। आखिर नामकरणमा त प्रधानमन्त्रीकै पार्टीले पनि मतदान गरेको हो नी,’ उनले भने, ‘असहमतिहरुलाई सम्बोधन गरेर अघि बढ्नुपर्नेमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री नै संविधान मान्दिन भन्ने तहमा देखिनु दुःखद् हो। जनताबाट तीव्र आलोचना र विरोध हुँदा पनि नेताहरुले सच्चिने प्रयत्न गरेको देखिँदैन।’

ब्यानरमा प्रदेशको नाम नै नराखिकन सन्देशसभा आयोजना गरिँदा प्रधानमन्त्री एवं पूर्वप्रधानमन्त्रीको राजनैतिक, नैतिक र कानुनी इमान्दारितामाथि प्रश्न उठेको भट्टराईले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार