नेपाली नुरी जामा मस्जिदको अध्यक्षमा डाक्टर मेराज आलम अन्सारी निर्वाचित

धनगढी: धनगढीको नेपाली नुरी जामा मस्जिदको अध्यक्षमा डाक्टर मेराज आलम अन्सारी निर्वाचित भएका छन् । धनगढी उपमहानगरपालिका–१ मा रहेको नुरी जामा मस्जिदको अध्यक्षमा डाक्टर अन्सारीले उम्मेदवारी दिएका थिए । डा. अन्सारीको पुरै प्यानल नै बिजयी भएको छ । २२ जनाले उम्मेदवारी दिएका मध्ये ११ जना उम्मेदवार मतदानबाट विजय हुनुपर्ने थियो । त्यही बिजय भएका मध्येबाट अध्यक्षमा डाक्टर मेराज आलम अन्सारीलाई निर्वाचित गरिएको छ । डाक्टर मेराज आलम अन्सारीले जम्मा खसेको ३५२ मतमा सर्वाधिक २०० मत प्राप्त गरि बिजय हासिल गरेका हुन् ।

लामो समय स्वास्थ क्षेत्रमा रहि जनताको सेवा गरेका अन्सारी सर्जन डाक्टर हुन्, उनी हाल धनगढीमा रहेको निसर्ग हस्पिटलमा कार्यरत छ्न् । अन्सारीले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै प्रत्येक महिना मस्जिदको आम्दानी तथा खर्च विवरण सार्वजनिक गर्ने, मस्जिदको मुख्य इमामका साथै सहायक इमामको पनि नियुक्ति गर्ने, मस्जिदको कोष बाहेक अन्य कोषको स्थापना गरी अति गरिब र असहाय व्यक्तिहरुलाई मद्दत गर्ने, आवश्यकता अनुसार गरिब अविवाहित केटाकेटीहरूको निकाह गरिदिने, गरिब बच्चाहरुका लागि पढाई तथा उपचारको विशेष व्यवस्था गरिने, कब्रस्तानको सरसफाइका लागि सफाइकर्मीको नियुक्ति गर्ने, मुस्लिम मुसाफिर खानाको व्यवस्था गर्ने कुरा पनि प्रतिबद्धता पत्रमा राखिएको छ ।

Seti Hospital

यस्तै, मस्जिद तथा मदरसामा सिसिटिभि क्यामेरा जडान गरिने, समितिमा अहिले सुन्न त वल जमात संग सम्बन्धित (हनफी, रिज्वी, बरेलवी) बरेली मर्कजलाई मान्यता दिने व्यक्तिहरु लाई समावेश गराइने समेत प्रतिबद्धता जनाएका थिए। मस्जिदको नयाँ कार्य समिति चयनका लागि शनिबार निर्वाचन भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार