म कृषकको पनि छोरी हुँ : आरजु

काठमाडौं: नेपाली काँग्रेसकी नेतृ डा.आरजु राणा देउवाले आफू किसानको छोरी भएको बताएकी छन् ।

आइतबार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले किसानको छोरी भएकाले कृषिमा के के समस्या छ आफूलाई थाहा भएको बताइन् ।

Dengue

म कृषकको पनि छोरी हो, सानोदेखि कृषि क्षेत्रमा के के भएन भन्ने याद छ । त्यसलाई रेस्पोन्स गर्न हो’, उनले आफ्नो उम्मेदवारीबारे भनिन् ।

सांसद देउवाले सहकारीमा देखिएका समस्या समाधान गर्न संसदीय समितिमार्फत काम गर्ने पनि बताइन् ।

सहकारीको अनियमितता धेरै छ । जुन उद्देश्यले खोलिएको थियो, त्यस्तो गतिमा नहिँडी अर्कै रफ्तारमा हिँडेको छ, त्यसलाई नियन्त्रण गर्नुपर्ने छ’ उनले भनिन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार