नेपालसँग खेल्ने पाकिस्तान टोली सार्वजनिक

काठमाडौं: एसिया कप क्रिकेटको उपाधि दाबेदार पाकिस्तानले नेपालसँग खेल्नुअघि टोलीमा एक खेलाडी परिवर्तन गर्दै टोलीको नाम सार्वजनिक गरेको छ । पाकिस्तानले नेपालसँग उद्घाटन खेल खेल्नुअघि ब्याट्सम्यान साउदी सकिललाई टोलीमा थप गर्दै १७ सदस्यीय नाम सार्वजनिक गरेको हो ।

यसअघि साउदीको स्थानमा रहनुभएका तयाब ताहिरलाई वैकल्पिक खेलाडीको रुपमा समावेश गरेको छ । एसिया कप क्रिकेटमा पाकिस्तानले अगस्ट ३० तारिख नेपाल र सेप्टेम्बर २ तारिख भारतसँग खेल्नेछ ।

Dengue

एसिया कपका लागि नेपाली टोली पनि अहिले पाकिस्तानको कराँचीमा अन्तिम तयारी गरिरहेको छ । नेपाली टोली कराँचीमा अभ्यास सकेर आइतबार एसिया कपको उद्घाटन खेल खेल्न मुल्तान जानेछ । नेपालले समूहको पहिलो खेल पाकिस्तानसँग मुल्तान क्रिकेट रङ्गशालामा खेल्नेछ ।

पाकिस्तानसँग खेलेपछि नेपालले सेप्टेम्बर ४ मा भारतसँग अर्को खेल श्रीलङ्कामा खेल्नेछ । एसिया कपमा नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।

समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछ । सुपर चारको शीर्ष दुई टोलीबिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेल श्रीलङ्कामा सञ्चालन हुँदैछ । भारतले पाकिस्तान गएर खेल्न अस्वीकार गरेपछि एसिया कपका खेल पाकिस्तान र श्रीलङ्कामा हुन लागेको हो ।

पाकिस्तान टोली

बाबर आजम (कप्तान), शादब खान (उपकप्तान), अब्दुल्लाह शफिक, फखार जमान, हारिस रौफ, इफ्तिखर अहमद, इमाम उल हक, मोहम्मद हरिस, मोहम्मद नवाज, मोहम्मद रिजवान, मोहम्मद वासिम जुनियर, नसिम शाह, सलमान अली अघा, शाहिन शाह अफ्रिदी, साउद सकिल, उस्मा मिर र फहिम अशरफ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार