मन्जुश्री फाईनान्सको शाखा सर्यो

धनगढी: मन्जुश्री फाइनान्स लिमिटेड धनगढी शाखा पुरानो ठाउबाट नया ठाँउमा सरेको छ । धनगढी चौराहामा रहेको शाखा कार्यालय मल्ल आयलको अगाडि महाविर भोजनालयको छेउमा रोयल कम्प्लेक्समा सरेको शाखा प्रमुख हेमराज बिनाडीले जानकारी दिए ।

उनले भने “उत्कृष्ट ठाउँमा आएका छौ,ग्राहकलाई सुविधाजनक सेवा दिनका लागि नया डेकुरेशन र सहजै पहुँच पुग्ने गरि शाखा स्थानान्तरण गरेका हौ !” पुरानो शाखा कार्यालय भन्दा पुर्व दिशामा करिब ९०० मिटर अगाडि (धनगढी -क्याम्पसरोड लाईन) मा शाखा कार्यालय सरेको छ । औपचारिक उद्घाटन केही समय पछि हुने र कारोबार आज अर्थात् २०८० भाद्र १० गते बाट नै हुने शाखा प्रमुख बिनाडिले जानकारी दिए ।

Dengue

कुल चुक्ता पूँजी १ अर्ब ३५ करोड रहेको मन्जुश्री फाइनान्स लिमिटेड कम्पनीको देशभर २७ वटा शाखा रहेका छन् । हाल उक्त फाइनान्सले मुद्धती निक्षेपमा १२.५० प्रतिशत र बचत खातामा ८.२५ प्रतिशतसम्म र रेमिटेन्समा थप १ प्रतिशत ब्याजदर प्रदान गर्दै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार