मेयर हमालले आफ्नो पारिश्रमिकबाट गरे बिद्यार्थीहरुलाई शैक्षिक साग्रगी बितरण

धनगढी: धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफ्नो एक वर्षको तलब सुविधा र त्यसमा केही रकम थपेर कक्षा ८ को वार्षिक परीक्षामा ‘नील’ भएका विद्यालयका लाई शैक्षिक साग्रगी वितरण गरेका छन् ।

आज (बिहीबार) एक कार्यक्रमका बिच मेयर हमालले आफ्नो एक वर्षको तलब सुविधा र त्यसमा केही रकम थपेर ९ लाख रुपैयाँ बराबरका शैक्षिक सामग्री नगरभित्रका १७ वटा सामुदायिक विद्यालयका प्राध्यानाध्यापकहरुलाई हस्तान्तरण गरेका छन् ।

Dengue

नगरभित्रका १७ ओटै बिद्यालयका बिद्यार्थीहरुका लागि मेयर हमालले प्रति बिद्यार्थी ६÷६ ओटा कपि, ४÷४ ओटा पेन्सिल, २÷२ ओटा कटर र २÷२ ओटा ईरेजरका दरले ३ हजार ४ सय ८९ बिद्याथीहरुका लागि २० हजार ९ सय ३४ पिस कपि, १३ हजार९ सय ५६ पिस पेन्सील, ६ हजार ९ सय ७८ पिस कटर र ६ हजार ९ सय ७८ पिस ईरेजर हस्तान्तरण गरेका छन् ।

उपमहानगरको वडा नम्बर १ शान्तिनगरको सरस्वती आ।बि मा अध्ययनरत ३४२ जना बिद्यार्थीका लागि हस्तान्तण गरिएको छ । क्रमशः वडा नम्बर १३ श्रीलंका स्थित नवज्याती आबिका ३सय ३५ जना, वडा नम्बर १३ राजपुरको जनाता राष्टिय माबिका ७४ जना, वडा नम्बर ६ मटियारीको भैरबबाबा आबिका १ सय २६ जना, वडा नम्बर ९ बंगराकटानको सरस्वती आबिका १ सय ६५ जना, वडा नम्बर ७ देवरियाको शिव माबिका २ सय ८ जना, वडा नम्बर १७ पथरीको भानु माबिका ४ सय ७ जना, वडा नम्बर १७ कै दमौलियाको सज्जन आबिका २ सय ७५ जना, वडा नम्बर १६ भादाको दिपेन्द्र चारपाते माबिका ८४ जना, वडा नम्बर १४ फुलबारीको शिवशंकर आबिका ६७ जना, वडा नम्बर १४ कै एच गाउँको सिद्धार्थ आबिका १ सय ४७ जना, वडा नम्बर १८ एफ गाउँको खप्तडी आबिका ३८ जना, वडा नम्बर १८ कै ई गाउँको ईन्द्रोदय आबिका १ सय ८७ जना, वडा नम्बर १९ फुलबारीको फुलबारी आबिका ३ सय ४३ जना, वडा नम्बर १२ दुर्गाबस्तीको नवदुर्गा आबिका १ सय ३६ जना, र वडा नम्बर १० जुगेडाको जनकल्याण माबिका ३ सय १८ जना बिद्यार्थीहरुका लागि हस्तान्तरण गरेका छन् ।

मेयर हमालले कक्षा ८ को वार्षिक परीक्षामा ‘नील’ भएका नगरभित्रका १७ वटा सामुदायिक विद्यालयका विपन्न वर्गका विद्यार्थीलाई व्यक्तिगत लगानीमा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार