नेपाली क्रिकेट टोली पाकिस्तान प्रस्थान

काठमाडौं: एसिया कप क्रिकेटका लागि नेपाली क्रिकेट टीम मंगलबार राति पाकिस्तानतर्फ प्रस्थान गरेको छ।

एसिया कप क्रिकेट भदौ १३ गतेदेखि पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने भएपनि केही अभ्यास खेल खेल्न नेपाली क्रिकेट टोली पाकिस्तान प्रस्थान गरेको हो।

Dengue

नेपाल क्रिकेट संघ ९क्यान०ले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाई गरेको छ। यही भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना एसिया कपमा सहभागिता जनाउन जाने नेपाली टोली मंगलबार राति प्रस्थान गरेको हो।

नेपालले एसिया कप क्रिकेटमा सहभागी हुनुअघि केही अभ्यास खेल पाकिस्तानमा खेल्ने छ। पहिलोपटक एसिया कपमा छनोट भएको नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालको समूहमा भारत र पाकिस्तान छन्। समूह ‘बी’मा श्रीलङ्का बङ्गलादेश र अफगानिस्तान रहेका छन्।

नेपालले १३ गते उद्घाटन खेल पाकिस्तानसँग खेल्नेछ। दोस्रो खेल १८ गते भारतसँग भने श्रीलंकामा खेल्नेछ। बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाइले उक्त प्रतियोगिताको लागि आफू निकै सकरात्मक रहेको बताउँदै प्रतियोगितामा जित हासिल गर्ने विश्वास व्यक्त गरे।

तर उक्त खेल खेल्न सन्दीप लामिछाने भने गएका छैनन्।

नाबालिग बलात्कार आरोपमा उनीविरुद्ध चलिरहेको मुद्दाको फैसला हुन नसकेपछि उनी पाकिस्तान जान नसकेका हुन्।

टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुलशन झा, सोमपाल कामी, किशोर महतो, प्रतिश जिसी, श्याम ढकाल, सन्दीप जोरा, ललित राजवंशी र अर्जुन साउँद छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार