गौरापर्वको दोस्रो दिन आज ‘बिरुडा’ धोइदै

धनगढी: सुदूरपश्चिम प्रदेशको धार्मिक एवं सांस्कृतिक महत्वको ‘गौरा पर्व’ यहाँका स्थानीयले घुमधामका साथ मनाइरहेका छन् ।

सुदूरपश्चिमेलीको मुख्य चाड गौरा शुरु भएसँगै गाउँघरमा रौनकता छाएको छ । तर केही ठाउँमा भने भदौ १८ गतेदेखि गौरा मनाउने तयारी भएको छ । ज्योतिषहरुबीच मत बाझिएपछि यो बर्ष दुई गौरा भएका छन् । सुदूरपश्चिममा मनाइने गौरापर्वको दोस्रो दिन आज व्रतालु महिलाले नजिकको धारा, कुवा तथा पानी पँधेरोमा ‘बिरुडा’ धोएका छन् । गौरा पर्वको पहिलो दिन हिजो सोमबार महिलाले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ५ प्रकारका अन्न भिजाएका थिए । ५ प्रकारका अन्नमा गहुँ, केराउ, गहत, मास र गुरुस पर्दछन् । यी ५ अन्नलाई ‘बिरुडा’ भनिन्छ ।

Dengue

अघिल्लो दिन भिजाइएका बिरुडालाई नजिकका नदी, तलाउ, धारामा लगेर धुने चलन छ । दोस्रो दिन नदी, तलाउ तथा धारमा मनाइने गौरालाई ‘नानी गौरा’ भनिन्छ । व्रतालु महिलाहरूले बिहानै नुवाइधुवाइ गरेर नजिकको धारा, तलाउ तथा कुवामा गई गौरादेवीको पूजाआजा गर्ने गरिन्छ ।

धान, साउँ, तील, अपामार्ग लगायतका बोटबाट गौराको प्रतिमूर्ति बनाई श्रृंगारपटार गरेर गौराको पूजा गर्ने चलन रहिआएको छ । नजिकको धारा, कुवा तथा तलाउमा प्रतिस्थापन गरिएको गौराको मूर्तिलाई विभिन्न फागसहित बिरुडाले पूजा गर्ने प्रचलन छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार