अछाममा जङ्गली जनावरबाट किसानलाई बाली जोगाउनै मुस्किल

अछाम: अछाममा जङ्गली बँदेलको आतङ्कबाट किसानले हैरानी खेप्नुपरेको छ । मकै, धानबाली नष्ट गर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् ।

जिल्लाका अधिकांश ठाउँमा किसानले लगाएको धान, कोदो, मकैबाली जोगाउन मुस्किल परेको किसानले बताएका छन् । राति घर बाहिर पहरा दिएर बस्दा पनि धान, मकैबाली जोगाउन नसकिएको मङ्गलसेन नगरपालिका–६ ठूलासैनका स्थानीय किसान सुवानाथ भण्डारीले बताए ।

Dengue

अधिकांश खेतबारीमा किसानले होहल्ला गर्दै बँदेल भगाउन जाग्राम बस्ने गरेका छन् भने फोटेका लुगाकपडा टाँगेर मान्छेजस्तै पुत्ला बनाएर पनि कुनै उपाय नलागेको किसानले बताएका छन् ।

जिल्लाको मङ्गलसेन नगरपालिका–६ लगायत विभिन्न लेकाली ठाउँमा जङ्गली जनावर बँदेलले धान, मकैबाली नष्ट गरेपछि किसान अहिले भोकमरी हुन्छ कि भन्ने चिन्तामा बसेका छन् ।

दिउँसोको समयमा बाँदर र राति बँदेल, भालुका कारण किसानलाई पाक्न लागेको खेती जोगाउन समस्या परेको छ । जङ्गली जनावरले धान, मकैलगायतका बाली नष्ट गर्न थालेपछि किसान रातभर जाग्राम बस्ने गरेको उनको भनाइ छ । यस समस्या समाधान र क्षतिपूर्तिका लागि पालिकाले पहल गरिदिनुपर्ने किसानको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार