समाचार प्रभाव: सुदूरपश्चिमका निमित्त वन निर्देशक भट्टको घुस प्रकरणको भिडियो बाहिरिएपछि छानबिन गर्न उपसमिति गठन

धनगढी: सुदूरपश्चिम प्रदेशका निमित्त वन निर्देशक कृष्णदत्त भट्टको घुस प्रकरणको भिडियो बाहिरिएपछि छानबिन गर्न सार्वजनिक लेखा समितिले उपसमिति गठन गरेको छ ।

नेकपा माओवादीका प्रदेश सभा सदस्य मानबहादुर धामीको संयोजकत्वमा छानबिन उपसमिति गठन गरिएको हो । सो उपसमितिमा नेकपा एमालेका नेता तथा प्रदेश सभा सदस्य वीर बहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीकी खेमादेवी विष्ट, नेपाली काँग्रेसका बेलबहादुर राना मगर र नागरिक उन्मुक्ति पार्टीकी टीका थापा सदस्य छन् ।

Dengue

सो उपसमितिलाई १५ दिनभित्र सत्य तथ्य छानबिन गरी प्रतिवेदन पेस गर्नुपर्ने समय दिइएको छ । निमित्त निर्देशक भट्टले मातहतका विभिन्न डिभिजन वन कार्यालयबाट रकम असुल गरेको भिडियो सार्वजनिक भएको थियो । साथै भट्टले वन तथा वातावरण मन्त्री रमेश धामीलाई आमाचकारी गाली गरेको अडियो र नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री दीर्घ बहादुर सोडारीले वनपाले सँग बसेर रक्सी खाने र पैसा उठाउने गरेको भन्ने भिडियो पनि सार्वजनिक भएको थियो ।

यसैबिच सुदुरपश्चिम प्रदेश सभाको आज (सोमबार) को वैठकमा बोल्ने प्रदेश सभा सदस्यले निमित्त वन निर्देशक भट्ट माथि कारबाहीको माग गरेको छन् । संसद्को शून्य समयमा धारणा राख्दै माओवादीका प्रदेश सभा सदस्य मान वहादुर धामी र एमालेकी प्रदेशसभा सदस्य सन्तोष कुमारी शर्मा थापाले घुस खाएको भिडियो सार्वजनिक हुँदा पनि प्रदेश सरकार र वन मन्त्रीले त्यसलाई साम्य पार्न खोजेको बताए । हिजो कल २४ न्युजबाट रक्सिले मातिएका सुदूरपश्चिम प्रदेशका निमित्त वन निर्देशक कृष्णदत्त भट्टले पुर्व मन्त्री दीर्घ सोडारीलाई पनि गाली गरेको भिडियो सार्वजनिक (भिडियो सहित) भन्ने समाचार प्रकाशित भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार