चीन भ्रमणमा हिल्सा सडक प्राथमिकतामा छ : प्रधानमन्त्री प्रचण्ड

सुर्खेत: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत-हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले आफ्नो चीन भ्रमण उपलब्धीमूलक हुने आशा गरेको पनि बताए ।

Dengue

उनले भने, ‘हिल्सा-सुर्खेत सडक निर्माणबारे मेरो अब हुन लागेको चीन भ्रमणमा प्राथामिकतामा पनि छ । मलाई विश्वास छ, यसपटक हामी यसमा ठूलो फड्को हान्ने छौं । अहिले यतिनै भने ।’

प्रधानमन्त्री प्रचण्डले भेरी, कर्णाली करिडोर लगायतका ठूला सडक परियोजना संघीय सरकारको प्राथमिकतामा रहेको बताएका छन् । ‘प्रदेशको मेरुदण्डका रुपमा रहेका कर्णाली, भेरी कोरिडोर, कर्णाली राजमार्ग, राप्ती लोकमार्ग लगायतका महत्वपूर्ण सडक निर्माणमा मेरो ध्यान गएको छ’, उनले भने ।

प्रधानमन्त्री प्रचण्डले कर्णालीका कच्ची र कमजोर सडकले दुर्घटनाको जोखिम बढेकोेबारे आफू जानकार रहेको भन्दै यहाँको सडक पूर्वाधार विकासमा संघीय सरकारले विशेष जोड दिने बताए । ‘बेरोजगारी र अभावले हजारौं युवा मुग्लान पसिरहेको अनुभूति पनि छ । उपचार नपाउँदा गर्भवतीको अकालमा ज्यान जाने गरेको भयावह स्थिति पनि अनुभूति गरेको छु’ उनले भने, ‘कर्णालीको अभाव, गरिवी र भूगोलमा म बसेकोे छु । कर्णालीको विकास केन्द्रको प्राथामिकतामा छ, मेरो प्रथामिकतामा छ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार