आज बिहान १० देखि ४ बजेसम्म भीमदत्त राजमार्ग अवरुद्ध हुने

धनगढी: आज (आइतबार) बिहान १० देखि ४ बजेसम्म भीमदत्त राजमार्ग अवरुद्ध हुने भएको छ ।

भीमदत्त राजमार्गको बुढीतोलामा पहिरोका कारण भासिएको सडक मर्मतका लागि बिहान १० देखि ४ बजेसम्म सवारी आवागमन बन्द गरिने सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।

Dengue

भासिएको सडकमा तार जाली र ग्राभेल हालिने भएको हो । यातायातका साधन हिलोमा फस्न थालेकाले तार जाली र ग्राभेल हाल्न थालिएको सडक डिभिजन कार्यालय, महेन्द्रनगरले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार