धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको छ।
ओल्के पर्वको अवसरमा भोलि भदौ १ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो। प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा भोलि बिदा हुने जनाइएको छ।
सुदूरपश्चिमका पहाडी समुदायमा ओल्के पर्वको दिन आफन्त तथा इष्टमित्रहरुलाई मिठो मसिनो खानेकुरा र कोसेली दिने चलन रही आएको छ।
प्रतिक्रिया दिनुहोस्